बगरमा बेवारिसे अवस्थामा मोटरसाइकल फेला
पाेखरा | जेठ २५, २०७९
पोखरा: पोखरा महानगरपालिका २ स्थित विध्यबासिनी मार्गमा बेवारिसे अवस्थामा मोटरसाइकल फेला परेको छ ।
केही समयदेखि बेवारिसे अवस्थामा बा प्र ०३ ००२ प ४९३४ नम्बर (१५० सिसी) को पल्सर मोटरसाइकल रहेको स्थानीय तथा युवा व्यवसायी बावुराम भण्डारीले सुनगाभा न्यूजलाई जानकारी दिए ।
उनका अनुसार उक्त मोटरसाइकलको अगाडीको पाङ्ग्रो निकालिएको छ । ‘धेरै समयदेखि यही थियो । अगाडीको पाङ्ग्रा पनि थिएन । यहाँ नजिकका बासिन्दालाई जानकारी गराएपनि सनाखत हुन सकेन । त्यसपछि प्रहरीलाई खबर गरेका थियौ, उनले भने, ‘अहिले वडा प्रहरी कार्यालय बगरको नियन्त्रणमा छ ।’
उनका अनुसार उक्त मोटरसाइकल गत दुई महिनादेखि बेवारिसे अवस्थामा रहेको थियो ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

